काठमाडौं । यूपीको बरईपुरमा समाजलाई नै लजास्पद बनाउने खबर सार्वजनिक भएको छ । जहाँ एक पतिले सुहागरातको बेला आफ्नै पत्नीलाई भने कि मैले तिमीलाई १६ हजारमा बुबाका लागि किनेर ल्याएको हुँ ।
बरईपुरमा बस्दै आएका विवाहित पुरुषले नाबालिका युवतीसँग दोस्रो विवाह गरेका थिए । विहेपछि जब सुहागरातको तयारी भयो त्यही बेला पतिले ती युवतीलाई भने कि म पहिले दैखिनै विवाहित पुरुष हुँ र मेरी एक छोरी पनि छिन् ।
पतिको भनाई अनुसार उनलाई ससुराका लागि १६ हजार रुपैयाँमा किनेर ल्याइएको हो । ती युवतीलाई उनकै आमाबुबाको सहमतिमा सौदा गरिएको हो ।
त्यसपछि ससुरा सुहागरात मनाउन कोठामा आए । विवाह गर्ने पुरुष बाहिर गए । र ससुराले युवतीसँग जबरजस्ती शारीरिक सम्पर्क राख्न खोजे । प्रतिकार गरेर युवती त्यहाँबाट आफ्नो ज्यान बचाएर भागिन । उनले प्रहरीमा गएर घटनाको सबै जानकारी दिईन् ।
प्रहरीले ती युवतीको बयानका आधारमा पति र ससुराविरुद्ध मुद्दा दर्ता गरी घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । घटनाको अनुसन्धान भइरहेको र दोषी ठहरिए ससुरा र पतिलाई कडा कारवाही गरिने प्रहरी इन्सपेक्टर एस के चौहानले बताए । एजेन्सी















प्रतिक्रिया