
काठमाडौं, ३ भदौ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ६ सय रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया