
काठमाडौं, २ भदौ । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता हुनुभएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उहाँ बेपत्ता हुनु भएको हो ।
उहाँको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली खटिएको छ। उहाँको नाम भने खुलेको छैन।












प्रतिक्रिया