२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको छ । भेटमा दुई नेताबीच विभिन्न राजनीतिक विषयमा विमर्ष भएको छ ।

भेटका क्रममा प्रधानमन्त्रीले देउवालाई सरकारले गरिरहेका काम बारे जानकारी गराउनुभएको थियो । देउवाले प्रधानमन्त्रीलाई सरकारले गर्नुपर्ने कामको बारेमा पनि सुझाव दिनुभएको थियो ।

‘नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो, केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए, सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए’, भेट पछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।