२ कार्तिक २०८३, सोमबार

नेशनल लाइफको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पूजा सम्पन्न

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्ज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवनको वास्तु पूजा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहबाट वास्तु पूजा सम्पन्न भएको हो । वास्तु पूजामा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ कर्मचारीहरुसहित वरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो । समारोहमा अध्यक्ष सिंहले कम्पनीको यो भवन लुम्बिनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरुसमेत सञ्चालन गरिने योजना रहेको बताउनुभयो ।

पूजामा सहभागि वरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवर्द्धन हुनेमा आफूहरु विश्वस्त रहेको बताएका थिए ।

७२ अर्बभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।