
काठमाडौं, ३२ साउन । भक्तपुरको गठ्ठाघरमा मृत्यु भएका व्यक्तिलाई आफ्नो बहिनी भएको दाबी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले दोलखाको मेलुङ गाउँपालिका- ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई पक्राउ गरेको हो। नेपालीले हिजो दुर्घटनालगत्तै आफ्नी बहिनीको मृत्यु भएको भन्दै प्रहरीमा विवरण टिपाएका थिए । प्रहरीले सोही विवरण सञ्चार माध्यमलाई उपलब्ध गराएको थियो । जसअनुसार २३ वर्षीया नेपाली थरकी युवकीको मृत्यु भएको भन्दै समाचार प्रकाशित भए । तर, ती नेपालीले भनेझैं २३ वर्षीया युवती नभइ ६५ वर्षीय वृद्व रहेको खुल्यो ।
उनले यसअघि पनि पटक-पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । हिजो पनि उनले आफ्नो बहिनीको मृत्यु भएको भन्दै भीडलाई उक्साएर भागेका थिए ।
मृतक युवती नभइ ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला रहेको थाहा भएपछि प्रहरीले उनलाई राति नै खोजेर पक्राउ गरेको हो ।















प्रतिक्रिया