काठमाडौं, १२ असार । राज्य व्यवस्था समितिमा शुक्रबार उपस्थित सभासद्हरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री वामदेव गौतलले २०४५ सालको भूकम्पपछि राजा वीरेन्द्रले गर्न नसकेको काम १६ महिने सरकारले गर्नैपर्ने भन्ने नभएको बताएका छन् ।
उनले सभासद्हरुलाई भने, ‘विपत्ति आउँदै छ भन्ने थाहा हुँदाहुँदै तयारी भएन भन्नु गलत हो । राजा विरेन्द्रले गर्न नसकेको काम हाम्रो १६ महिने सरकारले सक्नैपर्छ भन्ने के छ रु’ आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
महाविपत्तिपछि कसरी काम गर्ने र कसरी काम गरियो भन्ने सभासद्हरुको प्रश्नमा गृहमन्त्री गौतले भने, ‘संविधान जारी भएपछि अर्को चमत्कारी सरकार आउँछ, हामी पनि हेरौला, त्यो चमत्कारी सरकारबाट कसरी काम हुन्छ ?’
उनले सरकारको आलोचना नगर्न सभासद्हरुसँग आग्रह गर्दै भने, ‘सेना, जनपद र सशस्त्र भनेको पनि सरकार नै हो ।’















प्रतिक्रिया