२६ कार्तिक २०८३, बिहिबार

हाम्रो उपस्थितिप्रति नजरअन्दाज नगर्नु : रवि लामिछाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको उपस्थितिलाई नजर अन्दाज नगर्न आग्रह गर्नुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै लामिछानेले सदनको चौथो शाक्तिको कर्तव्य थाहा भएकाले नजर अन्दाज नगर्न आग्रह गरेका हुन् । संक्रमणकालीन न्याय सम्बन्धी कानुनको सही कार्यान्वयनका लागि खबरदारी आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो प्रक्रियाको फड्के किनाराको साक्षी मात्र रहन्छौं भनेको अवश्य होइन । सदनको चौथो शक्तिको कर्तव्य असाध्दै थाहा छ । हाम्रो उपस्थितिप्रति नजरअन्दाज नगर्न पनि विशेष आग्रह गर्न चाहन्छु’, ।

राजनीतिक स्वार्थ र दलीय भागवण्डाका आधारमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाइए आयोगले पीडितलाई न्याय दिन नसक्ने उहाँको भनाइ छ ।