१४ असार २०८३, आइतबार

विद्युत प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब नाघ्यो, सम्पत्ति कति ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु प्राधिकरणका लागि थप चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण छन् । आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौती हो । उत्पादित विद्युतको वजार व्यवस्थापन दोस्रो चुनौतीको रुपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती रहेको छ ।चुनौतिहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गर्ने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

उनले प्राधिकरणको आम्दानी एक खर्व १६ अर्व रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्व ११ अर्व रुपैयाँ रहेकामा हाल ६ खर्व ३२ अर्व रुपैयाँ जानकारी दिनुभयो । प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदाता मार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको र जसबाट प्राधिकरणको सम्पत्तिमा अझ वढोत्तरी हुने देखिएको उहाँको विश्वास छ ।

‘प्राधिकरणको आम्दानी एक खर्व १६ अर्व रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदाता मार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ वढोत्तरी हुने देखिएको छ । देशभरी रहेको जग्गाहरुको एकिन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको छ’उहाँले भन्नुभयो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौता बमोजिम पनि विद्युत् निर्यात भइरहेको छ निर्देशक घिसिङको दाबी छ ।

उहाँले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुवाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने भन्दै गत आ.व.मा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात १६ अर्व ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको बताउनुभयो ।सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने उहाँले प्रतिवद्धता जनाउनुभयो ।