२४ कार्तिक २०८३, मंगलबार

काठमाडौं महानगर कार्यालय नजिकैको सडक भ्वाङ पर्‍यो

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भ्वाङ परेको छ । सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको छ ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक भासिएको हो । अहिले यो सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो सडक यसअघि पनि भासिएको थियो । त्यति बेला अस्थायी रूपमा मर्मत गरिएको थियो ।