१७ कार्तिक २०८३, मंगलबार

हेलिकप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ साउन । सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

आज दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘यो घट्नाको छानबीनका लागिजाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । समितिमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक र सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन् । जाँच आयोगको कार्य अवधि काम सुरु भएको मिति देखि ३० दिनहुने छ,’।