४ कार्तिक २०८३, बुधबार

नायिका श्वेता खड्काको ‘कोहिनूर’ले एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार बहिष्कार गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kohinoorकाठमाडौं, ११ असार । नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउन सफल फिल्म ‘कोहिनूर’ ले भदौमा आयोजना हुन लागेको एक अवार्ड समारोहमा सहभागिता नजनाउने भएको छ ।

फिल्मका निर्माता चन्द्रप्रसाद श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नो फिल्म ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ बाट बाहिरिएको जनाएको आजको सौर्य दैनिकले समाचार छापेको छ ।

‘दर्ता प्रक्रिया तथा प्राविधिक त्रुटि पूर्ण तरिकाले ‘कोहिनुर’ फिल्मलाई अवार्ड कार्यक्रममा समावेश गरेको हुनाले त्यस गरिमामय अवार्ड कार्यक्रम विवादित नहोस् भन्ने मनसायले नेपा मुभिजद्वारा निर्मित तथा आकाश अधिकारीद्वारा निर्देशित स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सविनय भेट तथा वर्षको सफल चलचित्रले एनएफडीसी अवार्डको सहभागिताबाट बाहिरन गरेको आग्रहलाई आयोजकले स्वीकार गरेको छ । यसलाई अन्यथा नलिइदिन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा राष्ट्र महाभूकम्पको चपेटामा परेका बेला फिल्म क्षेत्र पनि अछूतो रहन नसकेको अवस्थामा दर्शकहरूको माया, स्नेह र आग्रहलाई मनन् गर्दै शुक्रबारबाट फिल्म उपत्यकाका हलहरूमा पुनः प्रदर्शन गरिने जनाइएको छ ।

साथै कम्पनीको सेयरबाट ५० प्रतिशत रकम ‘श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान’ लाई हस्तान्तरण गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यो फिल्म अवार्डको तीन विधामा मनोनीत भएको थियो ।