
काठमाडौं, १७ साउन । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा)नै कर्जा प्रदान गर्ने भएको छ ।
महालक्ष्मी घर कर्जाअन्तर्गत आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधी रहने गरी रु. ५ करोडसम्मको कर्जा प्रदान गर्नेछ ।
साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्षको अवधी सम्मको लागि व्यवसायिक कर्जा प्रदान गर्नेछ । विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ । ग्राहकले यसअन्तर्गत रु. ३ करोड सम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गर्नेछ । कर्जाका लागि बैंकको क्यूआरमार्फत पनि ग्राहकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।
















प्रतिक्रिया