
कञ्चनपुर, १७ साउन । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०:४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका-२ की २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाघले महिलालाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला गर्नुभएको थियो । युवतीको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
बाघको ड्रोन क्यामेराको प्रयोग गरेर खोजी भइरहेको छ । बाघ भेटिने बित्तिनै डाट हानेर नियन्त्रणमा लिइनेछ ।








प्रतिक्रिया