३० आश्विन २०८३, शुक्रबार

नेपाललाई चीनको ७६ अर्ब बढीको सहयोग घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese Minister for Foreign Affairs Addresses ICNRकाठमाडौँ, १० असार । चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ ।

राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गर्नुभएको हो ।

चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न रु एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिनुभयो ।

त्यसैगरी, उहाँले पूर्वाधार विकासका पाँच क्षेत्रमा केन्द्रित सहायता कार्यक्रम कार्यान्वयनका लागि रु ७५ अर्ब २० करोड प्रदान गरिने बताउनुभयो । उक्त रकम आगामी सन् २०१८ सम्मका लागि भएको पनि चिनियाँ विदेशमन्त्रीले स्पष्ट गर्नुभयो । रासस