३० आश्विन २०८३, शुक्रबार

बंगलादेशसँग दुई खेल हारेको भारतले मुश्किलले तेस्रो खेल जित्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India

काठमाडौं, १० असार । एकदिवसीय क्रिकेटमा बंगलादेशसँग लगातार दुई खेलमा पराजय भोगेको भारतले तेस्रो खेलमा सफलता हात पारेको छ ।

बंगलोदशविरुद्धको तेस्रो तथा अन्तिम खेलमा भारत ७७ रनले विजयी भएको हो । मिरपुरमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३१७ रन बनाएको थियो ।

जवाफी व्याटिङ सहित मैदानमा उत्रिएको घरेलु टोली बंगलादेशले ४७ ओभरमा सबै विकेट गुमाएर २४० रन मात्रै बनाउँदा भारतले तेस्रो खेलमा जित हात पारेको हो ।

भारतका लागि शिखर धवनले ७५ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले ६९ रनको महत्वपूर्ण पारी खेले । विराट कोहली २५ रनमा आउट भए । अम्बाती रायडूले ४४ र रोशित शर्माले २९ रन बनाए । बंगलादेशकान मोर्ताजाले ३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

बंगलादेशका लागि सविर रहमानले ४३ र सौम्य सरकारले ४० रन बनाए । लिटन दास ३४, नसिर हुसेन ३२ र सकिब अल हसन २० रनमा आउट भए ।

भारतका सुरेश रैनाले ३ विकेट लिए भने आ अश्विन र धवन कुलकर्नीले २–२ विकेट लिए र रैना प्लेयर अफ दि म्याच घोषित भए ।

बंगलादेशका मुस्ताफिजुर रहमान प्लेयर अफ दि सिरिज घोषित भए । यससँगै बंगलादेशले सिरिज २–१ ले जितेको छ । भारतले बंगलादेशसँग निरन्तर हार भोगेपछि भारतमै टिमको कडा आलोचना भएको थियो ।