१ कार्तिक २०८३, शनिबार

कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उहाँको समर्थनमा ठुलो रकम सङ्कलन भएको छ।

मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थ करिब ६ अर्ब ११ करोड सङ्कलन भएको छ ।

डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लू मार्फत सो रकम सङ्कलन भएको बताइएको छ। ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम सङ्कलन भएको हो। यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठुलो चन्दा सङ्कलन भएको बताइएको छ।

ह्यारिसको क्याम्पेनलाई साना दाताले ठुलो सङ्ख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ। न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्टीका लागि २०२० को निर्वाचनपछि अहिलेसम्मकै सबैभन्दा ठुलो डोनेसन भएको उल्लेख गरेको छ।

यसअघि बाइडेन राष्ट्रपतिको उम्मेदवार रहदा उठेको ९० मिलियन डलर डोनेसन रकम उहाँको उम्मेदवारी बारे अन्योल बढेपछि सो रकम फ्रिज गरिएको थियो।