१ कार्तिक २०८३, आइतबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

27.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । साताको पहिलो कारोबार दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा १३ सय रूपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।