काठमाडौं, ९ असार । बुधबार दिउँसो सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पबाट दुई जनाको मृत्यु भएको छ ।
आज दिउँसो २ बजेर ५९ मिनेटमा गएको भूकम्पबाट घर भत्किदाँ सिन्धुपाल्चोकको कन्चोक -९ घडेरीडाँडाका ८७ वर्षीय गणेशबहादुर थापा र ८२ वर्षीय डम्बर बहादुर न्यौपानेको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख डिसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘पुरानो भूकम्पले चर्किएको घरमा बसेर बसेर कुराकानी गरिरहेका थिए । एक्कासी ४ रेक्टर स्केलको धक्काले घर भत्किदाँ यो घटना भयो ।’ डिएसपी अधिकारीका अनुसार घर भत्किदाँ घाइते भएका बलबहादुर न्यौपानेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
आज दिउँसो २ बजेर ५९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
















प्रतिक्रिया