३० आश्विन २०८३, शुक्रबार

अब खेतलाई खनजोत नगरी ‘जिरोटिल’ प्रविधिबाट बाली छर्न सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

machinविराटनगर, ९ जेठ । किसानलाई धानलगायतका बालीमा समय, श्रम र लगानीमा बचत गराउने उद्देश्यले सुनसरी र धनुषामा ‘जिरोटिल’ मेसिनबाट बाली छर्ने प्रविधि सुरु गरिएको छ ।

ट्र्याक्टरको पछाडिको भागमा जोडेर यस मेसिनलाई खेतमा चलाएपछि यसको माध्यमबाट खेतमा एकनासको चिरा गर्दै निश्चित् दुरीमा बीउ र मल छर्ने गरिन्छ । मेसिनको माथिको भागमा बीउ र मल राखिएको हुन्छ । त्यसमा जोडिएको पाइपको माध्यमबाट बीउ र मल छर्ने गरिएको हो ।

यस मेसिनलाई प्रयोगमा ल्याएपछि खेतलाई खनजोत गर्न नपर्ने र माटोलाई मलिलो बनाउन पनि नपर्ने भएकाले किसानलाई समय र लागतको बचत हुने देखिन्छ । अष्ट्रेलियाको सहयोगमा नेपालका साथै भारत र बङ्गलादेशमा यो प्रविधि भित्रिएको हो । ती दातृ निकायको सहयोगमा सुनसरीको तरहरास्थित कृषि अनुसन्धान केन्द्रबाट गत वर्षदेखि जिल्लाका महेन्द्रनगर, कप्तानगञ्ज, भोक्राहालगायत पाँच गाविसमा परीक्षणको रुपमा सुरु गरिएको छ ।

यो प्रविधि नेपालमा पहिलोपटक प्रवेश गरेकाले कृषि मन्त्रालयले सुनसरी र धनुषा जिल्लामा परीक्षणको रुपमा सुरु जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रविन्द्रनाथ चौंबेले बताउनुभयो । यो प्रविधि परीक्षणमा सफल भएको देखिएकाले अब जिल्ला कृषि विकास कार्यालयबाट व्यापक रुपमा प्रचारप्रसार गरी किसानलाई यसको उपायबारे जानकारी गराउने सो कार्यालयका प्रमुख डा चौंवेले जानकारी गराउनुभयो ।

खेतमा बाली छर्नका लागि पूरै खनजोत गर्नुपर्ने, माटोलाई मलिलो बनाउनुपर्ने कार्यबाट राहत दिने, कम लागत र समयको बचतसमेत हुने भएकाले किसानलाई जिरोटिल मेसिनतर्फ आकर्षण बढेको छ । “खेतलाई खनजोत नगर्दा खेतमा घाँस हुन्छ । त्यसलाई मार्नका लागि ‘हर्विसाइड’ नामक विषादी प्रयोग गर्नुपर्ने हुन्छ ।” कार्यालय प्रमुख चौबे भन्नुभयो,” “यो विषादीले अन्नबालीमा नकारात्मक असर गर्देन् ।”

यस मेसिनको प्रयोग गर्नुभएका कप्तानगञ्जका किसान देवनन्दन मेहता मेसिनबाट खेती गर्दा बाली उत्पादनमा वृद्धिका साथै समय र लागतको बचत भएको बताउनुहुन्छ । खेती मजदुरको अभावमा यो मेसिन किसानका लागि बरदान सावित हुने देखिन्छ । यसको माध्यमबाट धान, मकैलगायतका बालीको सहज ढङ्गले खेती गर्न सकिन्छ । रासस