– सन्दिप भट्ट
चितवन । नेपाली चलचित्र उद्योगमा सबैभन्दा धैरै लगानीमा निर्माण गर्न लागिएको चलचित्र ‘बाग्मती’ को केही भिडियो प्रदर्शन अघि नै सार्वजनिक भएको छ ।
२ करोड भन्दा बढी लगानीमा निर्माण गरिएको चलचित्रको दृश्य फेसबुकमा आएपछि निर्माण युनिट तनाबमा छ । सन्नी (केरला)को लेखन तथा निर्देशनमा रहेको चलचित्रको भारतको चेन्नाई स्थित सिने सभिर्सको जेमिनी स्टूडियोमामा पोष्ट प्रोडक्शनको काम भै रहेको छ ।
भारतमा पोष्ट प्रोडक्शनको काम भैरहदा चलचित्रमा क्यामरामेन शिजु गुरुवयूरले चलचित्रको केहि भिडियो आफ्नोे फेसबुक मार्फत सार्वजनिक गरेपछि निर्माण युनिटलाई तनाव भएको हो ।
२ मिनेट लामो भिडियो चलचित्रका निर्मातालाई जानकारी नै नदिई आफ्नो काम देखाउन फिल्मको दृश्य सार्वजनिक गरीएको वुझिएको छ ।
क्यामरामेन शिजु गुरुवयूरले भिडियो फेसबुकबाट हटाए पनि अहिले उनी सम्पर्क बाहिर रहेको चलचित्रको कार्यकारी निर्माता अनिश नापितले वताए । चलचित्रलाई ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रका निर्माता दिनेश दर्शनधारी र विजय सत्याल हुन् । यस चलचित्रमा अधिकांश दक्षिण भारतीय प्राविधिक र प्रविधि प्रयोग गरि छायांकन गरिएको छ ।
‘पोष्ट प्रोडक्शनमा मात्रै पचास लाख भन्दा बढी खर्च गरेका छौं’ उनले सुनाए, ‘नसोचेको कुरा, चलचित्र अगावै चलचित्रको भिडियो सार्वजनिक भएपछि समस्या भएको छ ।’ चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, कञ्चन ठकुरी, केकी अधिकारी ,धुर्व कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

















प्रतिक्रिया