१४ असार २०८३, आइतबार

भक्तपुर जिल्ला अदालतमा वर्षदिनमा ३८ सय ८१ मुद्दा फछ्र्यौट

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ साउन । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ । अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा उहाँले पुराना मुद्दालाई फछ्र्यौट गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा हप्ताको दुई दिन पुराना मुद्दाका पेशी चढाएर भएपनि पुराना मुद्दा किनारा लगाउने उहाँले बताउनुभएको हो ।

भक्तपुर जिल्ला अदालतमा हाल १८ महिना नाघेका दुईवर्ष सम्म अवधिका मुद्दा १७४, दुई वर्ष नाघेका २८५ र डीसीएम पूर्वका १३ मुद्दा चालु अवस्थामा रहेका भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिनुभयो । उहाँकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएका २५९४ मुद्दा रहेका थिए भने वर्ष भरीमा ५०१२ मुद्दा दर्ता भएका थिए । वर्ष भरीमा जम्मा ७६०६ मुद्दामा ३६८१ फछ्र्यौट गरिएको श्रेष्तेदार पुलामी मगरले बताउनुभयो ।

उहाँकाअनुसार बालबालिका सम्बन्धी मुद्दाको सवालमा भने ४१ वटा लगत रहेकोमा ३३ वटा फछ्र्यौट गरिएको अब बाँकी मुद्दा संख्या ८ रहेको जसमा एक बालबालिका थुनुवा रहेकोसमेत उहाँले जानकारी दिनुभएको थियो ।

श्रेष्तेदार पुलामी मगरकाअनुसार वर्ष भरीमा सरेर आएका र नयाँ मुद्दाअन्तर्गत देवानी मुद्दा ३९७० रहेकोमा २१८२ वटा यो वर्ष फछ्र्यौट गरिएको छ । यस्तै, व्यक्तिवादी फौजदारीमा १८०३ मुद्दा रहेकोमा ७९९ फछ्र्यौट भएको, सरकारवादी फौजदारी मुद्दा संख्या १७३२ रहेकोमा ६५५ वटा फछ्र्यौट भएका, साथै पुनरावेदन भएर आएका ४० मुद्दामा १२ वटा फछ्र्यौट भएका रिटमार्फत दर्ता भएका निषेधाज्ञा ६१ मा ३३ वटा फछ्र्यौट भएको छ । भक्तपुर जिल्ला अदालतमा थुनुवा मुद्दा जम्मा ७२ मुद्दा रहेको र थुनुवा संख्या भने ८५ रहेको छ ।

यस्तै, निरन्तर सुनुवाइ हुने मुद्दा संख्या भने लगत ९२ रहेको जसमा ५६ फछ्र्यौट गरी सकिएको बाँकी ३६ रहेको अदालतका सूचना अधिकारी भीमबहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

यस्तै, विशेष प्रकृतिको निवेदन लगत ६९९ रहेकोमा ६९४ वटा मुद्दा फछ्र्यौट भई सकेको छ भने ५ वटा मुद्दा बाँकी रहेका उहाँले जानकारी दिनुभयो ।

वर्ष भरीमा अदालतले ३८८० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा भक्तपुर जिल्ला अदालतले ३६८१ मुद्दा फछ्र्यौट गरेको छ जुन ९४.८७ प्रतिशत रहेको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ । जिल्ला अदालतको वार्षिक समीक्षा कार्यक्रममा अदालतमा वर्षभरी उत्कृष्ट रहेका चार कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

भक्तपुर जिल्ला अदालतमा हाल ६ वटा इजलास रहेका छन् । जसमा इजलास १ मा प्रमुख न्यायाधीश वासुदेव न्यौपाने, २ नम्बर इजलासमा न्यायाधीश उपेन्द्रप्रसाद गौतम, ३ नम्बर इजलासमा न्यायाधीश श्रीप्रसाद संजेल, ४ नम्बर इजलासमा न्यायाधीश महेन्द्रप्रसाद पोखरेल, ५ नम्बर इजलासमा न्यायाधीश रामप्रसाद न्यौपाने र ६ नम्बर इजलासमा न्यायाधीश दुर्गादेवी गुरुङ्ग रहनुभएको छ ।