– सन्दिप भट्ट
चितवन । भूकम्पअघि गजल गायनमा नयाँ प्रयोग गरी एक म्युजिक भिडियो सार्वजनिक भयोे । गायक शिव परियार र प्रमोद खरेललाई पहिलोपटक एकैसाथ संगै गजल गायनमा उतारे, संगीतकार अर्जुन पोखरेलले । उद्धार, राहत, पुनर्निर्माणबाट तङ्ग्रीएर गीत संगीतमा मानिस रमाएको वेला चर्चामा आएको ‘आफ्नै जीन्दगी’ युटुववाट एकाएक गायव भयो ।
संगीतकार अर्जुन पोखरेल र गीतका लेखक नृपेश उप्रेती अलमल्लमा परे । भूकम्पले पछाडी परेको गीतको ८० हजारभन्दा बढी भ्युओर्स भएपछि बन्द भयो । ‘एकाएक युटुवमा भिडियो हरायो आश्चर्यचकित भए’ गीतकार नृपेश उप्रेतीले भने, ‘कुरा बुझ्दा त म्युजिक भिडियोमा ठूलो मुर्गा भनेर फोन आउँछ, त्यो नम्बर साँच्चैको नम्बर थियो । त्यो नम्बरमा फोन धेरै आएपछि सस्पेनमा राखिएका रैछ ।’
नायिका केकी अधिकारीको प्रमुख पात्र रहको भिडियोमा दुई मुर्गाले केकीलाई फसाएर बेच्न लागेको देखाउन खोजिएको छ । भिडियो एक सातासम्म सस्पेन भएको थियो । अहिले सो भिडियोमा ठूलो मुर्गा भनेर आउने ठांउमा परिवर्तन गरिएको छ । अहिले भने भिडियोलाई युटुवले देखाईसकेको छ ।
















प्रतिक्रिया