७ असार २०८३, आइतबार

मिडियाको अगाडि बाइडेनले फेरि गरे गल्ति, आफ्नै उपराष्ट्रपतिलाई भने ट्रम्प

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार एक पत्रकार सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ‘उपराष्ट्रपति ट्रम्प’ भन्नुभएको छ । राष्ट्रपति जो बाइडेनको फिटनेस देखाउने प्रयासमा यो विशेष पत्रकार सम्मेलन आयोजना गरिएको थियो, जसमा बाइडेनले पत्रकारहरूको प्रश्नको जवाफ दिइरहनुभएको थियो ।

तर प्रेस सम्मेलन समाप्त भएपछि बाइडेनले तीन थप डेमोक्रेटिक नेताहरू क्यालिफोर्नियाका कांग्रेस सदस्य स्कट पिटर्स, इलिनोइसका एरिक सोरेन र वाशिंगटनका मेरी ग्लुसेनक्याम्प पेरेजको समर्थन गुमाउनुभएको छ । एक घण्टासम्म चलेको यो पत्रकार सम्मेलनमा बाइडेनले कमला ह्यारिस र ट्रम्पको नाममा भएको गल्तीलाई पनि महसुस गर्न सक्नुभएन ।

यसअघि एक कार्यक्रममा उहाँले युक्रेनी नेता जेलेन्स्कीलाई ‘राष्ट्रपति पुटिन’ भन्नुभएको थियो । तर, पछि उहाँले हाँसेर यो गल्ती सच्याउनुभयो ।

बाइडेनले पत्रकारहरूलाई उहाँ यस चुनावी दौडमा रहन ‘संकल्पित’ रहेको बताउँदै प्रतिद्वन्द्वी ट्रम्पलाई फेरि हराउने बताउनुभयो ।

पहिलो राष्ट्रपतिको बहसमा आफ्नो खराब प्रदर्शनको बारेमा बाइडेनले आफ्नो व्यस्त तालिकालाई उद्धृत गर्दै त्यो विगत भइसकेको र अब पहिले भन्दा धेरै तयार रहेको बताउनुभएको थियो ।

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा दौडमा रहनुभएका राष्ट्रपति बाइडेनको स्वास्थ्यलाई लिएर डेमोक्रेट सदस्यहरुमा चिन्ता बढ्दै गएको छ । यस पत्रकार सम्मेलनपछि डेमोक्रेट नेता स्कट पिटर्सले ८१ वर्षीय बाइडेनलाई आफ्नो उम्मेदवारी फिर्ता लिन अपिल गर्नुभएको छ ।

यसअघि पूर्वसभामुख न्यान्सी पेलोसी, डेमोक्रेट फन्डरेजर र चर्चित हलिउड अभिनेता जर्ज क्लुनीले बाइडेनको स्वास्थ्यबारे प्रश्न उठाउनुभएको थियो । यसबाहेक भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्शले वाशिंगटन पोस्ट अखबारमा लेख लेखेर बाइडेनलाई ‘देशको हितमा उम्मेदवारी त्याग्न’ अपिल गर्नुभएको थियो ।