२४ कार्तिक २०८३, मंगलबार

चितवनमा सडक माथिबाट खसेको ढुङ्गा लागेर बस चालकको मृत्यु

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ असार । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-४ का ३६ वर्षीय मेघनाथ विक रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुङ्गाले लागेको थियो ।

आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन् ।