
काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ । पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत/नदिनेबारे निर्णय गर्ने बताइएको छ ।
सरकारमा रहेका नेकपा (एमाले), नागरिक उन्मुक्तिलगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैहुनुहुन्छ ।
मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधि सभामा १४ सिट छ ।












प्रतिक्रिया