पोखराको न्यूरोडबाट सहकारीका कर्मचारीलाई गोली हानी ३१ लाख ४२ हजार रकम लुटपाट भएको छ ।
मेगा बचत ऋण सहकारी संस्थाको रकम यति डेभलेपमेन्ट बिकास बैँकमा जम्मा गर्न लैजाने क्रममा लुटपाट भएको हो । तीन जना लुटेराहरूले गार्डलाई नियन्त्रणमा लिएर सहकारीको ठीक अगाडिको ब्यस्त सडकमा लुटपाट गरेका थिए ।
लुटेराहरूको गोली प्रहारबाट सहकारीका कर्मचारी भगवान बराल गम्भीर घाइते भएका छन् । उनको कञ्चटमा गोली लागेको छ ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट आठ सय मिटर मात्रै टाढा रहेपनि प्रहरी भने मुकदर्शक बनेको छ ।












प्रतिक्रिया