१६ असार २०८३, मंगलबार

एमाले सचिवालय बैठक बस्दै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएपछि आजका लागि सारिएको थियो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको बताइएको छ ।