१ कार्तिक २०८३, आइतबार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार बुधबार अमेरिकी डलर, युरो र बेलायती पाउण्डको मूल्य घटेको छ । कतारी रियालको खरिददर स्थिर रहँदा बिक्रीदर भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ ६५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।