४ कार्तिक २०८३, बुधबार

पाँच जनाको हत्या अभियोग लागेका सभासदको फैसला आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjaya_sah1काठमाडौं, ९ असार । जनकपुर बम काण्ड गराएर पाँज जनाको हत्या गरेको अभियोगमा जेल परेका निलम्बित सभासद सञ्जयकुमार साहको मुद्दामा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गर्दैछ ।

न्यायाधीश चोलन्द्र समशेर राणा र जगदीश शर्मा पौडेलको इजलाशले हेर्दाहेर्दै(निरन्तर सुनुवाइको सूचि) मा राखेको यो मुद्दा प्रधान न्यायाधीश रामकुमार प्रशाद शाहको अवकास कालमा हुन लागेको ठूलो फैसलामध्येको एक रहेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बमकाण्डमा दोषी देखिएपछि धनुषा जिल्ला अदालतले पूर्वक्षका लागि थुनामा राख्न गरेको आदेशविरुद्ध १७ नं. को निवेदन (मूलुकी ऐन अनुसार तल्लो अदालतले सुरुवाती आदेश गर्दा चित्त बुझेन भने माथिल्लो अदालतमा पुनरावेदन सरह दिन पाइने निवेदन जो अदालती बन्दोबस्तीको १७ नम्बरमा उल्लेख छ) सर्वोच्चमा दिएका थिए ।