४ कार्तिक २०८३, बुधबार

कांग्रेस सभासद्लाई मन्त्रालयको गाडी !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarkari-Gadi-ma-Savasadकाभ्रे, ९ असार । काभ्रे– ३ का सभासद् कञ्चनचन्द्र वादेले एक महिनादेखि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको गाडी प्रयोग गरिरहेका छन् ।

उनले राजनीतिक पहुँचको आधारमा मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) परियोजनाको बा १ झ ८४८२ नम्बरको सवारीसाधन दुरुपयोग गरेको सौर्य दैनिकले समाचार छापेको छ ।

एक महिनाअघिदेखि मन्त्रालयको सवारीसधान प्रयोग गरेपछि बा ८ च ३८१ नम्बरको उनको निजी गाडी घरमै राखिएको छ । बिहानै उनी मन्त्रालयकै सवारीसाधन प्रयोग गरेर बनेपाको चाइना टाउन चौर पुग्छन् ।

‘एका बिहानैदेखि सभासद् रातो नम्बर प्लेटको गाडी लिएर ब्याडमिन्टनसहित आउनुहुन्छ र गाडीपार्क गरेर केहीबेर ब्याडमिन्टन खेल्नुहुन्छ अनि सवारीमा हुइँकिनुहुन्छ,’ एक स्थानीयले भने ।

सरकारका कुनै पनि मन्त्रालयअन्तर्गतका सवारीसाधन मन्त्रालयका सचिव, उपसचिव मातहतका कर्मचारीले मात्रै प्रयोग गर्न पाउने नियम रहे पनि सभासद् वादेले सवारीसाधन कसरी पाए र चलाइरहेका छन् भन्ने खुल्न सकेको छैन ।

‘उपप्रधानमन्त्री प्रकाशमान सिंहको कृपामा सभासद् वादे सरकारी गाडी चढिरहेका हुन्,’ स्रोतले भन्यो । उनले प्रयोग गरेको गाडीमा बनेपा नगरपालिका कार्यालयले इन्धन उपलब्ध गराइरहेको स्रोतले बतायो ।

सभासद् वादे जिल्लामा पनि बेलाबेलामा विवादमा आइरहने सभासद् हुन् ।

सवारीसाधनको लाइसेन्सबिना सवारी चलाइरहेका बेला ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि सवारीसाधन नै छोडेर हिँड्नेदेखि संविधानसभाको बैठकमा निदाएर समेत चर्चामा आउने सभासद् वादे पछिल्लो समय भूकम्पपीडितलाई आएको राहत आफैँले कब्जा गरेर विवादमा तानिएका थिए ।

सभासद् वादे नेपाली कांग्रेसका तर्फबाट संविधानसभाको निर्वाचनमा काभ्रे– ३ का निर्वाचित सभासद् हुन् ।