९ श्रावण २०८३, शनिबार

नेकपा एसको बैठक भोलि फेरि बस्ने

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी)को आज बसेको प्रथम बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

बैठकले १०औँ राष्ट्रिय महाधिवेशनको प्रारिम्भक समीक्षा गर्दै महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको पार्टीले जनाएको छ ।

बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले अर्को व्यवस्था नहुन्जेलसम्म तत् जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

भोलि बस्ने बैठकले कमिटलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी गराउनुभयो ।

Skip This