३० आश्विन २०८३, शुक्रबार

अध्यक्ष थापाले वरिष्ठ नेता चन्दसँग बदला लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-Bahadur-Thapa-&-Pashuकाठमाडौं, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता पशुपति शम्शेर जबराले पाउने भएका छन् ।

पार्टी विधानको धारा ४३ (घ) अनुसार अध्यक्ष चयन गरिने स्रोतले जनाएको छ । भोलि (आइतबार) बस्ने केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष सूर्यबहादुर थापाले आफ्नो राजीनामा प्रस्तुत गर्ने छन् । थापाको राजीनामा स्वीकृत पनि हुने छ ।

अध्यक्ष थापाले आफ्नो स्वास्थ्यका कारण पदबाट राजीनामा दिन थालागेको यस अघि जनाइ सकेका छन् ।

थापाको राजीनामा सँगै नयाँ अध्यक्ष चयनको प्रक्रिया अघि बढाइने छ । संभवत आइतबार नै नयाँ अध्यक्षमा राणालाई नियुक्त गरिने स्रोतको भनाइ छ ।

‘भोलि (आइतबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष सूर्यबहादुर थापाले राजीनामा दिनु हुन्छ,’ थापा निकट स्रोतले भन्यो, ‘थापाज्यूको राजीनामा स्वीकृति भएपछि नयाँ अध्यक्षमा पशुपति शम्शेर राणा ज्यूको प्रस्ताव हुन्छ ।’

अध्यक्ष थापाको राजीनामा र वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको स्वघोषित अध्यक्षका कारण राप्रपा बिवाद चुलिएको छ । आइतबारको केन्द्रीय कार्यसमिति बैठकले स्वघोषित अध्यक्ष चन्दलाई कारबाही नगर्ने संकेत दिएको छ ।

पूर्व सहमति अनुसार आफू अध्यक्ष बन्न पाउनु पर्ने भन्दै चन्दले केही दिन अघि पत्रकार सम्मेलन गरेर अध्यक्ष घोषणा गरेका थिए । त्यस लगत्तै थापाले केन्द्रीय समिति बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसमितिमा थापा बहुमतमा छन् ।