काठमाडौं, ८ असार । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेको कार्यकाल ६ महिना थपेको छ ।
खेलकुदमन्त्री परुषोत्तम पौडेलको पहलमा क्यानले मंगलबार डिसेम्बर ३१ सम्म रहनेगरी कार्यकाल ६ महिना थप गरेको हो । कार्यकाल थपिएको सम्झौतापत्रमा पुबुदुले मंगलबारै हस्ताक्षर गरेका छन् ।
यसअघि उनको कार्यकाल जुलाइ १५ सम्म मात्रै थियो । क्यान विवादमा तानिरहेका बेला खेलकुदमन्त्री पौडेलले यसअघि उनको कार्यकाल १ वर्षका लागि थपेका थिए ।















प्रतिक्रिया