मुम्बई । बलिउड स्टार अभिनेता सलमान खानविरुद्ध २ सय ५० करोड रुपैयाँ ठगी गरेको अर्काे मुद्धा परेको छ ।
हिन्दी फिल्म ‘वीर’ का निर्माता विजय गलानीले २५० करोड रुपैयाँका लागि आफ्नो बदनाम गरेको भन्दै सलमानबिरुद्ध मानहानीको मुद्दा हालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सलमानले धेरै तनाब दिएपछि उनीबिरुद्ध मुद्दा हाल्न बाध्य भएको गलानीले दाबी गरेका छन् । आफूलाई सलमानले मानसिक तनाव दिएको र आफ्नो इज्जतमा धावा बोलेको उनको आरोप छ ।
खबर अनुसार चलचित्र बीर निर्माण गर्दा सलमान र गीलानीविच फिल्मले नाफा कमाएमा सलमानले १५ करोड पाउने सहमति भएको थियो ।
तर, फिल्म असफल भएपछि निर्माण पक्षले सलमानलाई पैसा दिएन । जसका कारण सलमानले पैसा असुल्न थुप्रै तरिका अपनाए । सहमति विपरित गएर भएपनि सलमानले पैसा असुल्न फेडेरशन अफ वेष्टर्न इण्डिया सिने एसोसिएशन र सिने एण्ड टिभी आर्टिष्ट एसोसिएसन जस्ता न्यायिक निकायमा पुगे ।
तर, पनि सलमानले पैसा असुल्न सकेनन् । सहमति विपरित सलमानले पैसाका लागि आफ्नो नाम र इज्जतलाई बदनाम गर्न खोजेको भन्दै गलानीले अदालमा मुद्दा हालेका हुन् ।
यसअघि पनि विभिन्न घटनामा दोषी ठहरिएर उच्च अदालतबाट सफाइ पाउँदै आएका सलमानलाई यो मुद्दाले झन अप्ठेरोमा पार्न सक्ने वकिहलहरुको टिप्पणी छ । एजेन्सी















प्रतिक्रिया