
काठमाडौं, १६ असार । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा नै सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।
आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले संसद बैठक बसिरहेको बेला घ्वाँरघ्वाँर घुर्दै निदाउने गरेको देखेपनि आफूले फोटो खिच्न नपाउने भएका कारण रेकर्ड राख्न नपाएको बताउनु भएको हो ।
उहाँले सुत्नकै लागि वा निधाउनका लागि मात्र सभामा नबस्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘संसदमा त्यो फोटो खिच्न मिल्दैन । घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । मैंले धेरैजना मस्त निधाइरहेको देखें । अलिअलि त रेकर्ड पनि गरेर राखेको छु । सुत्ने तरिकाले चाहीं सभामा नबसौँ ।’
उपसभामुख रानाले जाग जाग नेपाली भन्नुपर्ने बेलामा नसुत्न र सुतेर सपना नदेख्न आग्रह गर्नुभयो ।







प्रतिक्रिया