२० असार २०८३, शनिबार

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १५ असार । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

सायल-४ डौडमा आज भएको दुर्घटनामा कृष्णपुर नगरपालिका-२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।