मुम्बई । मद्रासको उच्च न्यायालयले एक फायनेंसरको उजुरीमाथि सुनुवाई गर्दै आज तमिल फिल्मका सुपर स्टार रजनीकान्तलाई नोटिस पठाएको छ । फायनेंसरले रजनीकान्तका ज्वाईका पिता कस्तूरी राजाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन माग राख्दै आएका छन् ।
फायनेंसर मुकुंद बोत्राले अदालतमा भनेका छन् कि कस्तूरी राजाले उनलाई दिएको लिखित आश्वासनमा यदि उनी उधार लिएको रकम फिर्ता गर्न असफल भएमा उक्त रकम रजनीकान्तले भुक्तानी गर्नेछन् ।
न्यायधीश रविचन्द्र बाबूले कस्तूरी राजाका वकीललाई नोटिस जारी गर्न आदेश दिएका छन् र मुद्दाको फैसला आउदो हप्ता गर्नुपर्ने बताइएको छ । पीडित बोत्राले भनेका छन् कि कस्तूरी राजाले हिन्दी फिल्म ‘‘मैं हूं रजनीकांत’को निर्माणका सन् २०१२ मा ४० लाख रूपयाँ सापटी लिएका थिए ।
उनले भनेका छन्–‘जब कस्तूरी राजाले पछिल्लो पटक २५ लाख रूपैयाँ लिदाँ उनले लिखित आश्वासन पनि दिएका कि उनका छोरा धनुषको विहे रजनीकान्तकी छोरीसँग भइसक्यो र यदि सापटी लिएको रकम भुक्तानी गर्न नसकेमा रजनीकांतले भुक्तानी गर्नेछन् ।
बोत्राका अनुसार, कस्तूरी राजाले उनलाई जो चेक दिएका थिए त्यो चेक खातामा पर्याप्त पैसा नहुँदा बैंकले फिर्ता गरेको थियो । ज्वाईका बुबाले ऋण चुक्ता नगरेपछि रजनीकान्तलाई अदालतले नोटिस पठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी
















प्रतिक्रिया