
काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउनुभएको छ ।
इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देशभरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिएको थियो ।
महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरी अगाडि बढीरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकाल्नुभएको छ । उहाँले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुनेसमेत सुझाव दिनुभएको छ ।
महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफूले नेतृत्वलाई आग्रह गर्ने बताउनुभएको छ ।
आफूले जन्माएको पार्टी भएका कारण आफूले प्रतिवेदनमा यर्थात उल्लेख गरेको बताउँदै उहाँले यसका लागि आफ्नो महामन्त्री पदसमेत जान सक्ने उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया