३० आश्विन २०८३, शुक्रबार

गुल्मीको तम्घासमा बजार अनुगमन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-district– अनिल खत्री
गुल्मी ८ असार । गुल्मीमा चलिरहेको पेन्सन क्याम्पलाई मध्यनजर राखेर जिल्ला प्रशासन गुल्मीले सदरमुकाम तम्घासमा बजार अनुगमन गरेको छ ।

आईतबार तम्घासको क्याम्पसरोड हुँदै बाख्रेछेडा सम्मका बिभिन्न होटल, खाद्यान्न पसलहरुमा अनुगमन गरिएको हो । बजारमा हुने कालोबजारीसँगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन बेला बेलामा प्रशासनले बजार अनुगमन गर्ने गरेको छ ।

अनुगमनको क्रममा केहि पसलहरुबाट म्याद गएका अखाद्य सामग्रीहरु बरामद गरिएको छ । अनुगमनको क्रममा बजारको सडक छेउछाउ सडकमा सामग्रीहरु राखेर बेचबिखन गरेकोले पाईएकोले सडकछेउ नालीहरु भन्दाभित्र सामान राखेर बिक्री बितरण गर्न आग्रह गरिएको थियो । अनुगमनको क्रममा केहि होटलहरुले सरसफाई नगरेकोले सफा गर्न आग्रह गरिएको थियो ।

व्यवसायीहरुलाई आफ्नो व्यवसाय दर्ता गरेसँगै म्याद नाघेका बस्तुहरु आफैले चेकजाँच गरेर उपभोक्ताले खानयोग्य सामग्रीमात्र बिक्री बितरण गर्न र एकै ठाउँ पटक–पटक गल्ती दोहोरिएमा कारवाही समेत गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले चेतावनी दिनुभयो ।

बजार अनुगमनमा प्रशासन कार्यालय, गुल्मी उद्योग वाणिज्य संघ, उपभोक्ता सञ्च, नागरिक समाज, होटल व्यावसायी मञ्च, रेसुङ्गा नगरपालिका, पत्रकार, प्रहरी लगायतको सहभागिता थियो । अनुगमनको क्रममा करिब ५ हजार भन्दा बढी मुल्यका सामग्रीहरु बरामदपछि नष्ट गरिएको थियो ।