
ओखलढुंगा, १२ असार । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ शेर्नामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गएराति अविरल वर्षासँगै पहिरोले घर बगाउँदा ३५ वर्षीय देवकुमारी खत्रीको मृत्यु भएको हो ।
पहिरोमा परेर घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहनुभएको छ । उहाँहरुलाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उहाँहरुलाई अहिले स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ ।












प्रतिक्रिया