२३ असार २०८३, मंगलबार

कोपा अमेरिका : कोलम्बिायासँग पाराग्वे पराजित

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । कोपा अमेरिकामा कोलम्बिायाले विजयी सुरुवात गरेको छ ।

मंगलबार बिहान सकिएको खेलमा समूह ‘डी’मा रहेको कोलम्बियाले पाराग्वेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक-एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए । ३२औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ४२औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए । ६९औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै कोलम्बिाले समूह ‘डी’मा ३ अंक लिएको छ ।

अहिले ब्राजिल र कोष्टारिकाबीचको खेल भइरहेको छ ।