४ कार्तिक २०८३, बुधबार

२६ लाख खर्चेर किनेको अमेरिकन भिसा नक्कली, हिरासतको बास सक्कली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailकाठमाडौं, ८ असार । जीवनभर कमाएको रकम खर्चिएर अमेरिका हिँडेका व्यक्तिको प्रवेशाज्ञा (भिसा) बीच बाटोमा नक्कली ठहरियो भने कसको होस नउड्ला र ? यस्तै भयो बाग्लुङका गोपालप्रसाद सापकोटालाई ।

घरपरिवारसँग अमेरिका जान बिदा भएर हिँडेका उनी हङकङ विमानस्थलबाटै फर्कनुपर्यो ।

हङकङ अध्यागमनले सापकोटाको राहदानीमा लागेको अमेरिकाको भिसा नक्कली भएको भन्दै उनलाई फर्काइदिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । त्यहाँ फर्काइएपछि उनी अध्यागमन विभागको हिरासतमा छन् ।

अमेरिका जान २६ लाख रुपैयाँ खर्चिएर लिएको भिसा नक्कली ठहरिएपछि उनी होसहवास उडेजस्तै भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकृतले उनको राहदानीमा सक्कली भिसा भन्दै पठाए पनि हङकङ विमानस्थलले नक्कली ठहराएको हो ।

नौ दिनदेखि अध्यागमन विभागको हिरासतमा रहेका सापकोटा छुट्नका लागि कानुनी लगाइँ लडिरहेका छन् ।

अध्यागमनका निर्देशक टेकराज ज्ञवालीले सापकोटाको फाइल अध्ययनकै क्रममा रहेको बताए ।