काठमाडौं, ८ असार । करिब डेढ वर्षको दौडधुपपछि चलचित्र निर्माता राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष बन्न सफल भएका छन् ।
सञ्चारमन्त्री मीनेन्द्र रिजालको नयाँ घर निर्माणको जिम्मा लिएपछि उनले अध्यक्ष हुने अवसर पाएको दृष्टि साप्ताहिकले समाचार छापेको छ ।
मन्त्री रिजालले बालुवाटारमा नयाँ घर बनाउँदैछन्। घर बनाउन चाहिने सिमेन्ट, रडलगायत सम्पूर्ण सामानको व्यवस्था गरिदिने सर्तमा राई बोर्डमा अध्यक्ष भएको स्रोत बताउँछ ।
कांग्रेस नेतृत्वमा सरकार गठन भएलगत्तै उनी बोर्ड अध्यक्ष हुने दौडधुपमा थिइ । तर कसैले उनलाई पत्याएनन् ।
पछि मन्त्री रिजालसँग गोप्य डिल मिलेपछि उनी अध्यक्ष भएको चलचित्र निर्माताबीच चर्चा छ ।















प्रतिक्रिया