४ कार्तिक २०८३, बुधबार

शीतल निवासमा किन चर्काचर्की भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shital Niwasकाठमाडौं, ८ असार । १६ बुँदे राजनीतिक सहमतिविरूद्ध सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश र त्यसविरूद्ध दलहरूले ब्यक्त गरेको कडा प्रतिक्रियालाई लिएर राष्ट्रपति रामवरण यादव र सभाध्यक्ष सुवास नेम्बाङबीच चर्काचर्की भएको छ ।

स्रोतका अनुसार सोमबार बिहान शीतलनिवासमा भएको नियमित भेटमा राष्ट्रपति यादवले राज्यका तीन अंगबीच सुमधुर सम्बन्ध हुनुपर्ने भन्दै त्यसक लागि आवश्यक संयम अपनाउन सुझाव दिएको कान्तिपुर दैनिकले छापेको छ ।

जवाफमा नेम्बाङले सरकारका तीनवटै अंगले एक अर्काको अधिकार क्षेत्रको सम्मान गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपतिले यस्तो सुझाव सर्वोच्चलाई नै दिनु उपर्युक्त भएको बताएका हुन्।

‘सरकारका सबै अंगले आफ्नो सीमा हेक्का राख्नुपर्छ,’ नेम्बाङलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले भन्यो,‘महामहिमले संयमताको कुरा हामीलाई होइन, अदालतलाई भन्नुपर्ने हो।’