४ कार्तिक २०८३, बुधबार

आइएनजिओले संसदीय समितिलाई टेरपुच्छर लगाएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wfp_blueनेपालगञ्ज, ८ असार । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले आफ्नो गोदाममा भण्डारण गरिएका खाद्यान्नको खरिद, ढुवानी तथा वितरणसम्बन्धी जानकारी संसदीय छानविन समितिलाई उपलब्ध गराउन आनाकानी गरेको छ ।

बॉके खजुरास्थित खाद्य गोदाममा ५ सय ४१ मेट्रिक टन ‘खान अयोग्य’ दाल भेटिएपछि समितिले डब्लुएफपीसँग विस्तृत जानकारी र कागजात मागेको थियो ।

त्यस्तै, भुकम्प प्रभावित क्षेत्रमा पठाइएको चामलको भण्डारण, ढुवानी र त्यहॉ पुग्न लागेको समयसहितको विवरणसमेत सोमवार सॉझसम्म आफूले नपाएको छानविन समितिका संयोजक सञ्जय गौतमले बताए ।

‘अनुगमन र अध्ययन सकेर फर्किदैछौ’ उनले भने, ‘डब्लुएफपीले बिहान उपलब्ध गराउने भनिएको थियो । तर, पाइएन ।’

डब्लुएफपीले गोर्खा लाप्राकका भुकम्प पीडितलाई वितरण गरेको चामल कुहिएको पाइएपछि व्यवस्थापिका–संसदको विपद व्यवस्थापन अनुगमन तथा विशेष निर्देशन समितिले गौतमको संयोजकत्वमा छानविन गर्न लागेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

डब्लुएफपीका सप्लाई इन्चार्ज आइनस फ्र्यांकले छानविन समितिले आवश्यक काजजात र जानकारी सूचना अधिकारीसंग लिनुपर्ने बताएका थिए ।