२ कार्तिक २०८३, सोमबार

प्रभु बैंक र बन्दीपुरका विभिन्न ९ होटल तथा रेष्टुरेन्टबीच विशेष छुट सम्झौता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । पर्यटकीय नगरी बन्दीपुरस्थित बन्दीपुर ईको होटल प्रालि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेन्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रालि, हिल्स सेभेन रेष्टुरेन्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लजबीच प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा बन्दीपुर ईको होटल प्रालिको तर्फबाट निर्देशक सूर्यप्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेन्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रालिका निर्देशक विश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेन्ट एण्ड लजका प्रोपाइटर रवि शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेन्टमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहललगायतका सेवाहरुमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंकसँगको आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यलयहरु, २८६ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।