३० आश्विन २०८३, शुक्रबार

रक्सी पिउँदा प्रहरीका एसपी र डीएसपीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madira-Raksiकाठमाडौं, ७ असार । मदिरा सेवन गर्दा प्रहरीका दुई उच्च अधिकारीको मृत्यु भएको छ ।

हाल भारतको मुम्बईमा ९४ जनाको मृत्यु भइसकेको अवस्थामा घरमा उत्पादन गरिएको विषादी मदिरा सेवन गर्दा मुम्बई प्रहरीका दुई जना उच्च अधिकारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार मुम्बई प्रहरी मुख्यालयका एसपी विक्रम सिंह र डीएसपी रामे चौहानको मृत्यु भएको बताइएको छ । खबर अनुसार उनीहरुले रातिको समयमा एक होटलमा रक्सी आएका थिए ।

यस विषयमा प्रहरीले गम्भीर तरिकाबाट छानविन गरिरहेको छ । विषादी मिसावट गरिएको रक्कसी खाँदा भारतमा हालसम्म सय जनाको मृत्यु भइसकेको छ ।

स्थानीय प्रहरीले विषादी मिसावट गरिएको मदिरा कहाँबाट आएको भनी खोजि गरिरहेको र केहीको घरमा छापा समेत हानिएको बताइएको छ । एजेन्सी