२८ असार २०८३, आइतबार

शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहकाबीच शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमती प्रदेश दिपेन्द्रबाबु विष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी, ईसीएचओ सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।