३० आश्विन २०८३, शुक्रबार

चटपटेमा खतरनाक एसिडको प्रयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatpate-2

इलाम, ७ असार । अधिकांश चटपटे पसलले सर्वसाधारणको स्वास्थ्यमाथि नराम्रो ढङ्गले खेलबाड गरिरहेको पाइएको छ ।

चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्काे लाग्छ । चटपटेले हाम्रो स्वास्थ्यमा नराम्रो असर पु¥याइरहेको छ ।

भेनेगरको अमिलोका कारण आन्द्रामा घाउ हुन थालेपछि यसको असरबारे सर्वत्र चर्चा हुन थालेको छ । चिकित्सकको एक अध्ययनले चटपटेमा भेनेगर (एसिड) अमिलो हालेर खाएका कारण आन्द्रामा विभिन्न घाउ हुन थालेको देखिएको छ ।
जथाभावी खुलेका चटपटे पसलमा नछोपी राखेको खानेकुरा, भेनेगरको अमिलोले स्वास्थ्यमा गम्भीर असर पु¥याउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामले समेत यसमाथि निगरानी बढाउन थालेको छ ।

आइतबार सहायक प्रजिअ सुजन फागोको नेतृत्वमा ट्याक्सी स्टेन्ड, बसपार्क, टुंडिखेल, थेबेचोक, धोवीधारा, जिरोकिलोमिटर, नारायणस्थानलगायतका तीन दर्जन चटपटे पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशमा स्वास्थ्यमा असर गर्ने भेनेगर अमिलो प्रयोग गरेको पाइएको थियो ।

अनुगमनका क्रममा भेटिएका चटपटे पसलमा प्रयोग गरिरहेका भेनेगरलाई तत्काल सोही ठाउँमा नष्ट गरिएको र पसलमा राखिएका भेनेगरलाई तत्काल हटाउन सहायक प्रजिअ फागोले निर्देशन दिनुभयो ।

“भेनेगर एसिड हो, यसले मानिसलाई असर गर्छ” जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फडिन्द्र बरालले भन्नुभयो “यो खानु स्वास्थ्यका लागि एकदमै हानिकारक हो ।”

अनुगमन टोलीले पहिलो पटक चटपटे पसलको अनुगमन गरेको हुनाले सचेत गराइएको बताइएकोे छ । दोस्रोपटक अनुगमन गर्दा भेटिएमा एक लाखसम्म जरिवाना र सार्वजनिक ऐनअन्तर्गत मुद्दा समेत दर्ता हुने प्रशासनका नायब सुब्बा रामप्रसाद उप्रेतीले बताउनुभयो । रासस